२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालिबानसँग वार्ता गर्न अफगान टोली युएई पुग्यो



अ+ अ-

काबुल । अफगानिस्तानमा युद्धरत तालिबानसँग शान्तिवार्ता गर्न अफगान शान्ति मध्यस्थकर्ता टोली युएईको अबुधाबी पुगेको एक सरकारी अधिकारीले बताएका छन् । करिब १७ वर्षदेखि जारी सशस्त्र द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि अमेरिकी र तालिबान प्रतिनिधिहरुबीच सोमबार पनि वार्ता भएको छ ।

प्रमुख मध्यस्थकर्ता अब्दुल सलाम राहिमीको नेतृत्वमा रहेको टोली तालिबानसँग वार्ता गर्न अबुधाबी आइपुगेको र दुई पक्षबीच धेरै समयपछि आमनेसामने वार्ता हुन लागेको हो, अफगान राष्ट्रपति कार्यालयका प्रवक्ता हारुन चाखानसुरीले ट्वीट मार्फत बताउनुभयो ।

राष्ट्रपति अश्रफ घानीले गत नोभेम्बरमा वार्ताका लागि राहिमीको नेतृत्वमा १२ सदस्यीय वार्ता टोली घोषणा गर्नुभएको थियो । तर तालिबान समूहले भने वार्ताका बारेमा अझै टुङ्गो नलागेको बताएको छ । उनीहरुले अफगानी अधिकारीहरुसँग वार्ता नगर्ने विगतकै अडान दोहो¥याएका छन् ।

तालिबान समूहले मङ्गलबार जारी गरेको वक्तव्यमा आफूहरुले अमेरिकी विशेषदूत जाल्मे खलिलजादसँग सोमबार प्रारम्भिक वार्ता गरेको जनाएको छ । समूहले अफगान शान्तिका बारेमा पाकिस्तान र साउदी अरेबिया तथा युएईका अधिकारीहरुसँग पनि विस्तृत परामर्श गरेको बताएको छ । वार्तामा उनीहरुले अफगानिस्तानबाट सबै अन्तर्राष्ट्रिय फौज फिर्ता हुनुपर्ने पूर्वशर्त राखेका छन् ।

साउदी अरेबिया, युएई र पाकिस्तानले मात्र सन् १९९६ देखि २००१ सम्म चलेको तालिबान सरकारलाई मान्यता दिएका थिए ।

अबुधाबीमा खलिलजाद र तालिबानबीच प्रत्यक्ष वार्ता भए नभएको बारेमा अमेरिकाले अझै पुष्टी गरेको छैन । गत सोमबार वासिङ्टनले एक वक्तव्य जारी गरी युएईमा अफगानिस्तानको शान्तिका बारेमा वार्ता भइरहेको बताएको थियो । वक्तव्यमा खलिलजादले द्वन्द्व समाप्तीका बारेमा इच्छुक सबै पक्षसँग वार्ता गर्ने जनाइएको छ ।

सन् २००१ मा अफगानिस्तानमा अमेरिकी सेनाले हस्तक्षेप गरेको थियो । उक्त घटनापछि तालिबान सरकार अपदस्थ गरिएको थियो । तर त्यसयता तालिबान समूह र इस्लामिक स्टेटले अफगानिस्तानमा सशस्त्र युद्ध गरिरहेका छन् जसका कारण हजारौंको ज्यान जानुका साथै लाखौं विस्थापित भएका छन् । रासस