२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पसलमा लागेको आगो महाकालीबाट पानी बोकेर निभाईयो



अ+ अ-

दार्चुला । महाकाली नगरपालिका–४ पुलघाटस्थित फेन्सी पसलमा आगलागी भएको छ । पदम बडालको बडाल कम्प्लेक्समा आगलागी हुँदा पसलभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका हो । अहिलेसम्म आगलागीको कारण भने खुल्न सकेको छैन ।

खलंगा बजारमा भाडामा डेरा गरी बस्ने बडालको पसलबाट सल्केको आगो समयमै थाहा पाउँदा वरपरका पसल र घरमा क्षति हुनबाट भने जोगिएको छ ।

आगो सलकेको थाहा पाएपछि स्थानीय र सुरक्षाकर्मीहरुले महाकालीबाट पानी बोकेर आगो निभाएका थिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय युवाहरुले डेढ घण्टा लागाएर लागो पूर्ण रुपमा नियन्त्रण लिईएको हो ।

आगोबाट तल्ले तलाको सामान जलेपनि पसलको माथिल्लो तलामा राखेको समान भने जोगिएको छ।