२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेरा खोज्ने बहानामा आएर हत्या



अ+ अ-

काठमाडौँ । टोखामा डेरा खोज्ने बहानामा आएर हत्या गर्ने ४ जना अभियुक्तलाई प्रहरीले प्रकाउ गरेको छ । आइतबार साँझ मुगु टोरु गाउँपालिकाकी २३ वर्षीया अजिता मल्ल शाहीलाई घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न चारै जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा २६ वर्षीया भगवती मल्ल,२४ वर्षीया विष्णुमाया मल्ल,२३ वर्षीया रिता केसी र २१ वर्षीया गण्डिपराज मल्ल रहेका छन्।

श्रीमान्‌ले सौता हालेको रिसमा कान्छी श्रीमतीलाई भाइ बहिनीसँग मिलेर घाँटि थिचेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कोठा खोज्ने बहानामा आइतबार ४ बजे आसपास अजिताको कोठैमा पुगेर ४ जना मिली हत्या गरेका उनीहरूले कबुलेका हुन्।

अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले आइतबार साँझ ४ बजे प्रहरीले जानकारी पाए लगत्तै अनुसन्धान थालेको र पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहँदै हत्यारा पक्राउ परिसकेको बताए।