२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्यकार बन्धु पुरस्कृत



अ+ अ-

काठमाडौँ –  तुलसीमान श्रेष्ठ स्मृति समाजले ‘तुलसीमान श्रेष्ठ स्मृति राष्ट्रिय लोक साहित्य पुरस्कार’ डा चूडामणि बन्धुलाई प्रदान गरेको छ ।

श्रेष्ठको दोस्रो स्मृतिसभाका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा नेपाली भाषा, साहित्यको विकासमा योगदान पु¥याएवापत बन्धुलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । पूर्वराष्ट्रपति डा रामवरण यादवले पुरस्कार प्रदान गर्दै विविधताले भरिएको समाजमा एकता र आपसी सद्भाव कायम गर्न साहित्यको महत्व रहेको बताउनुभयो ।

उहाँले नेपाली लोक साहित्य बारेमा गहिरो अनुसन्धान गर्नुभएका श्रेष्ठको स्मृतिमा स्थापित समाजले मैथिली, भोजपुरी, जनजातिलगायतका लोक संस्कृति र साहित्यको खोजी गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले श्रेष्ठले ग्रामीण समाजको लोकबाजा, परम्परा र संस्कृतिलाई देश विदेशमा प्रवद्र्धन गरेको जानकारी गराउनुभयो ।

समाजका अध्यक्ष सिताराम अधिकारीले नेपाली भाषा, साहित्य, संस्कृतिका क्षेत्रमा योगदान गरेका तथा अनुसन्धानका क्षेत्रमा क्रियाशील स्रष्टालाई संस्थाले सम्मान गर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा श्रेष्ठले तयार गर्नुभएको ‘अधकल्चो जीवन’ कृति विमोचन गरिएको थियो । विसं २००९ मा गोरखामा जन्मनुभएका श्रेष्ठ शिक्षक र समाजसेवी हुनुहुन्थ्यो ।