२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहेको भोजमा रक्सी खाएर सुतेका तीन जनाको मृत्यु



अ+ अ-

पश्चिम रुकुम । बिहेको भोज खान पुगेका तीन जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–१२, जुम्लावाङका अम्मर विकको घरको बिहेमा भोज र रक्सी खाएर सुतेका तीन जनाको आइतबार राती नै मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुकुम मुसिकोट नगरपालिका–११, भलाक्चा लहुँका कमानसिङ सार्की ,सानी भेरी गाउँपालिका–९का खम्बु कामी, र मुसिकोट नगरपालिका–१२, नयाँ गाउँका पलबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार बिहेको भोजमा खाना र मदिरा सेवन गरेर बिहे भएकै घरमा सुतेका उनीहरू सोमबार बिहान मृत अवस्थामा फेला परेको हुन् । विषाक्त रक्सी सेवन गरेका कारण उनीहरूको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

सोमबार बिहानै वडा अध्यक्ष प्रेम ओलीले घटनाबारे प्रहरीलाई खबर गरेका थिए। एउटै कोठामा सुतेका पाँच मध्ये तीन जनाको मृत्यु भएको हो। ती तीन जनाले सेवन गरेको रक्सी र अरू दुई जनाले सेवन गरेको रक्सी फरक फरक पाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।