२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरी र कीर्तिपुरमा आज सात गाउँले जात्रा मनाईदै : सार्वजनिक बिदा



अ+ अ-


काठमाडौं । राजधानीको चन्द्रागिरी र कीर्तिपुर को प्राचीन नेवार वस्तीमा मनाइने सात गाउँको जात्रा आज मनाईदै छ । चन्द्रागिरी स्थित विष्णुदेवी मन्दिरमा मनाईने जात्राको आज समापन हुदैछ ।

बेसिगाउँ,सतुंगल, पुरानो नैकाप,लोहँकोट, बोसिगाउँ, नयाँ नैकाप र तिनथाना लगायतका बासिन्दाले तिनथानामा रहेको विष्णुदेवीलाई भात चढाउने चलन छ । बिहानैदेखि नैकाप, सतुंगल र तीनथानाको सीमामा रहेको विष्णुदेवी पीठमा केही दिनअघि बली दिएको मासुको परिकार सजाएर चढाउ र बाह्र महिना घ्याम्पेमा राखेको जाड चढाउने भक्तजनको घुँइचो लागेको छ । आजै देव–देवीको पुजा गरेर सात गाउँबाट ल्याएको रथलाई मन्दिर परिषदमा घुमार्इृ आ–आफ्ने टोलमा फर्काउने परम्परा रहेको छ।

जात्राका कारण नेवारि बस्ति रहेका कीर्तिपुर र चन्द्रागिरी नगरपालिकामा सोमबार सार्वजनिक बिदा दिइएको छ।