२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा स्थायी समिति बैठकमा किचलो, शीर्ष नेताहरुबीच धम्की र घुर्की



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र सांगठनिक एकता प्रक्रियालाई लिएर सुरु भएको विवादको कारण शीर्ष नेताहरु विभाजित बनेका छन् । पार्टी एकता भएपछि दोस्रो पटक बसेको स्थायी समितिको बैठकमा पनि पार्टी अध्यक्षद्धय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि नेता वामदेव गौतमले फरक दस्तावेज पेश गर्नुभएको छ ।

प्रदेश कमिटीको एकता प्रक्रिया टुंगो लगाएसँगै शीर्ष नेताहरुबीच विवाद चर्किदै गएको छ । शनिवारबाट सुरु भएको उक्त पार्टीको स्थायी समिति बैठकमा प्रतिवेदनमा पार्टी र सरकारको समीक्षा, सांगठनिक एकीकरण र पार्टीको भावी कार्ययोजनाका विषय समेटिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले देशको वर्तमान राजनीतिक परिस्थिति र बैठकको महत्वको विषयमा आफ्नो धारणा राख्नुभएको थियो भने अर्का अध्यक्ष प्रचण्डले सांगठानिक कार्यभार, पार्टी सञ्चालन, सरकारको समीक्षा र पार्टीको नयाँ कार्ययोजना तयार गर्ने विषयमा केन्द्रीत रहेर राजनीतिक प्रतिवेदन तयार पारिएको बैठकलाई जानकारी गराउनु भएको खबर आजको नेपाल समाचारपत्रमा छ।

२२ पृष्ठ लामो राजनीतिक प्रतिबेदन अध्ययन गर्न सदस्यहरुलाई आइतबार एक दिनको समय दिइएको छ । प्रवक्ता श्रेष्ठले सोमबारदेखि बैठकमा सदस्यहरुले अध्यक्षको प्रतिवेदनमाथि केन्द्रीय रहेर आफ्नो धारणा राख्ने जानकारी दिनुभयो ।