२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पञ्चदेवल विनायक नगरपालिकामा सेभ हाउस निर्माण हुने



अ+ अ-

अछाम ।  पञ्चदेवल विनायक नगरपालिकाले हिंसामा परेका महिलाहरुको सुरक्षाका लागि सेभ हाउस निर्माण गर्न भएको छ ।
हिंसामा परेका महिलाहरुको सुरक्षाको लागि उक्त भवन निर्माण गर्न लागिएको नगर उप–प्रमुख अम्बिका चलाउनेले बताउनु भयो । घर वा समुदायका कारण हिंसामा परेका महिलाहरुलाई न्याय नपान्जेल सम्म उक्त घरमा राखिने उप–प्रमुख चलाउनेको भनाई छ ।उहाँका अनुसार सेभ हाउस निर्माणका लागि कार्यपालिका बैठकले बजेट समेत विनियोजन गरेको छ ।

हिंसामा परेका महिलाहरुले मुद्धा परेको समयमा पिडकले विभिन्न प्रलोभन देखाउदा पिडितले नै बयान फेर्ने गरेका कारण पनि पिडितले न्याय पाउन सकिरहेका छैनन् ।मुद्धा चलिरहेका बेला उनिहरुको बसोबार पिडक संग हुने भएकाले पिडकले विभिन्न डरत्रास देखाउदा पनी पिडितहरुले बयान फेर्ने गरेका छन । समुदायमा महिलामाथि हिंसा भईरहेपनि उनिहरु आफ्नो सुरक्षाका कारण न्याय खोज्न सकिरहेका छैनन् ।

उनिहरुमाथि घर भित्र र बाहिर हिंसा भईरहेको भएपनि न्याय नपाउने डरले हिंसा सहन बाध्य छन् । न्यायिक निकाएमा उजुरी दिए पछि कतिपय महिलाहरु घर निकाला हुनुपरेको उदाहरण समुदायमा देख्न पाईन्छ । उनिहरु कोहि माईतिघर त कोहि आफन्तकोमा गएर सरण माग्दछन । तर अब पञ्चदेवल विनायक नगरपालिकाका महिलाहरुले त्यो समस्या भोग्नु नपर्ने भएको छ ।