२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

थिमिमा नवदुर्गा नाच प्रदर्शन हुने



अ+ अ-

भादगाउँ । दश वर्षपछि मध्यपुर थिमिमा भक्तपुरको धार्मिक र सांस्कृतिक महत्वको नवदुर्गा प्रदर्शन हुने भएको छ । थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र वडा–४ का वडाअध्यक्ष कुमार श्रेष्ठको विशेष पहलमा यो वर्षदेखि नवदुर्गा नाच पुनः प्रदर्शन हुने लागेको हो ।

एक दशकअघि मध्यपुरका केही स्थानीयवासीले मदिरा सेवन गरी देव गणमाथि ज्यादती गरेको भन्दै जात्राको बीचमै भक्तपुर फर्किएको नवदुर्गापछि मध्यपुर नाच प्रदर्शन गर्न नगाएका हुन् । काठमाडौँ उपत्यकालगायत २१ ठाउँमा प्रदर्शन गर्ने यो नाच यमरी पूर्णिमादेखि सात दिन थिमिमा प्रदर्शन गरिन्छ ।

यस वर्षदेखि थिमिमा पुनः नवदुर्गा नाच प्रदर्शन गर्न जाने तयारी भइरहेको नवर्दुगा जात्रा व्यवस्थापन समितिका सचिव रत्नमान बनमालाले जानकारी दिनुभयो । उहाँले मध्यपुर थिमि नपा प्रमुख मदनसुन्दर श्रेष्ठ र वडा नं ४ का अध्यक्ष कुमार श्रेष्ठसँग दुई बुँदे सहमति भएपछि पुनः प्रदर्शन गर्न जाने तयारी गरेको बताउनुभयो ।

सचिव बनमालाले थिमिमा नाच प्रदर्शन गर्ने जाने विषयमा विभिन्न चरणमा छलफल गरी देवगणलाई थिमिमा सात दिनसम्म खाने बस्ने व्यवस्थासँगै उनीहरुको पारिश्रमिकस्वरुप नगद रु पाँच लाख माग गरेको जानकारी दिनुभयो । माग पूरा भए आउँदो पुस ७ गते योमरी पूर्णिमाको दिनदेखि सात दिनसम्म थिमिका विभिन्न स्थानमा नवदुर्गा नाच प्रदर्शन हुने उहाँले बताउनुभयो ।

थिमिमा जाने बेला देवगणसहित करीब ३०/४० जनाको सङ्ख्यामा त्यहाँ नियमित सात दिनसम्म बस्नुपर्छ । नवदुर्गा देवगण यमरी पूर्णिमाको दिन साँझ थिमि बालकुमारी बसी त्यहाँबाट नाच प्रदर्शन गरी थिमिकै चपाचो, नगदेश, बोडे र सूर्यविनायक नगरपालिकाको दधिकोट र गाम्चासम्म जानुपर्ने परम्परा रहेको छ । रासस