२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव तस्करीमै ट्राभल एजेन्सी, मस्को हिँडेका ४४ जना नेपालमा



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले शंकास्पद रूपमा रुस जान लागेका ४४ जना नेपालीलाई प्रस्थान अनुमति डिपार्चर दिन इन्कार गरेको छ।

दुबईको सारजाह हुँदै रुसको राजधानी मस्को जान लागेका ४४ यात्रुको यात्रा र कागजपत्रसमेत शंकास्पद देखिएपछि त्रिवि अध्यागमनले उनीहरूलाई फिर्ता अफ लोड गरेको हो। उनीहरूले नेपालस्थित रुसी दूतावासबाट पर्यटक भिसा लिएका थिए।

भिजिट अब्रोड ट्राभल्स एन्ड टुर्सका नवराज धितालको नेतृत्वमा एस ट्राभल्स एक्सप्रेस सर्भिसका तर्फबाट ६३ जना यात्रु मस्को जान लागेका थिए। त्यसमध्ये ४४ जना रोकिए भने धितालसहित बाँकी १९ जना रुस पुगिसकेका छन्।

एस ट्राभल्स एक्सप्रेस सर्भिस प्रालिको ब्रान्डिङ नाम ‘एस ट्राभल्स डटकम’ हो। नक्कली कागजपत्र बनाएर अवैध ढंगले सर्वसाधारणलाई रुस लैजान खोज्नुले ट्राभल एजेन्सी नै मानव तस्करीमा संलग्न भएका त छैनन् भन्ने प्रश्न उठेको छ। रुस घुमाउन लैजाने भिजिट अब्रोड ट्राभल्सले प्रत्येकलाई नक्कली परिचयपत्र बनाइदिएको खबर आजको अन्नपुर्ण पोष्टमा छ ।