२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुल माग्दै जनप्रतिनिधि



अ+ अ-

जाजरकोट । पुल निर्माणका लागि बजेट माग्दै नलगाड नगरपालिकाका जनप्रतिनिधि प्रदेश कार्यालयमा पुगेका छन् ।

गत साउनमा आएको बाढीपहिरोका कारण नगरपालिकाको छेप्का–कालीमटीस्थित झुर्मेखोलाको पुल बगाएपछि यहाँका जनप्रतिनिधि पुल निर्माणका लागि बजेट माग्न कर्णाली प्रदेश सरकारसम्म पुगेका हुन् ।

अहिले झुर्मेखोलामा अस्थायी काठको लाप्को ९फलेक०मा स्थानीयवासी वारपार गर्छन् । काठको लाप्कोबाट यात्रा गर्दा दुर्घटनाको जोखिम बढेको छ । बाढीबाट जिल्लाको सबैभन्दा बढी नलगाड नगरपालिकामा नै क्षति भएको थियो ।

पुल निर्माणका लागि आवश्यक बजेट नहुँदा प्रदेश सरकारसँग बजेट माग गरिएको नगरपालिकाका प्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो । नगरपालिकाभित्र आधादर्जन बढी पुल बाढीका कारण क्षति भएपछि नगरपालिकाले आफ्नै खर्चमा निर्माण गर्न असम्भव भएकाले प्रदेश सरकारसँग सहयोग मागेको उहाँले बताउनुभयो ।

पुल नहुँदा विद्यालय जाने बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन् । बजेटकै लागि केन्द्रीय सरकारसँग पनि आग्रह गर्ने नगरपालिकाका प्रशासकीय प्रमुख सुरेन्द्र सिंहले जानकारी दिनुभयो ।

नलगाडमा भएको क्षतिको पुनःनिर्माण गर्न करोडौँ बजेट लाग्ने भएकाले थोरै बजेटले सम्भव नभएको नगरप्रमुख रावलले बताउनुभयो । नलगाडको– २, ३, ४, ५, ६, ७, ८ र १३ वडामा बाढीपहिरोका कारण व्यापक क्षति भएको थियो ।
रासस