२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचिवालय बैठक सम्पन्न, बिहीबार फेरि बस्ने



अ+ अ-

काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेकाे नेकपा सचिवालयको बैठकले प्रदेश कमिटीका सदस्यहरूकाे नाम टुङ्गाे लगाएकाे छ ।

यसअघि तीन पटकसम्म स्थगित बैठक आज साँझ बसेकाे हो । बैठकले केन्द्रीय समितिको कार्यविभाजन, प्रदेश तथा जिल्ला समितिहरु गठन गर्ने कार्ययोजना रहेको थियाे ।

बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड, वरिष्ट नेता माधव कुमार नेपाल र झलनाथ खनाल, महासचिव विष्णु पौडेल लगायतको सहभागिता थियाे ।

नेकपाको सचिवालय बैठकले सात वटै प्रदेश कमिटीको एकीकरणलाई पूर्णता दिने निर्णय गरेकाे छ । तथापी बैठकले केन्द्रीय समितीको सदस्यहरुको कार्य विभाजन र जनवर्गीय संगठनको एकीकरण सम्बन्धमा कुनै निर्णय गर्न सकेन।

जिल्ला समितिहरुको मुख्य व्यक्तिको चयन गर्ने समेतका कार्यहरू जतिसक्दाे चाँडाे गर्न छलफल भएकाे पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयाे । उहाँले बैठक भोलि फेरि  बस्ने र  बाँकी रहेका सबै काम टुंग्याइने जानकारी दिनुभयाे ।