२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिआरआईप्रति सशंकित हुनु अावश्यक छैन – अर्थमन्त्री खतिवडा



अ+ अ-
 

काठमाडौँ, ३ मङ्सिरः चीनले पाँच वर्षअघि अघि सारेको ‘वेल्ट एण्ड रोड इनिशिएटिभ’ (बिआरआई) दक्षिण एशिया र नेपालका निम्ति कसरी लाभदायी हुन्छ भन्नेबारेमा विद्वत् बहस गर्न अाइतबार शुरू भएकाे दुईदिवसीय अन्तर्राष्ट्रिय सम्मेलन अाज सकिँदैछ ।

नेपालसहित दक्षिण एशियाली देशलाई सडकलगायत भौतिक सम्पर्क सञ्जालबाट चीनसँग जोडिँदा व्यापार तथा लगानीका क्षेत्रमा सबैलाई लाभ हुने अभिमतका साथ नेपाल–चीन मैत्री मञ्चले सम्मेलन आयोजना गरेको हो । सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले यो शताब्दीकै सबैभन्दा बृहत् परियोजना बिआरआईले दक्षिण एशियाको मात्र नभइ त्यो कार्यान्वयन हुने क्षेत्रको विकासको रुपरेखा रुपान्तरण गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “बिआरआईमा आबद्ध सबैलाई लाभ हुनेछ, यो परियोजना केही दिने र केही लिने खालको होइन । यसप्रति सशङ्कित हुनुपर्दैन” बिआरआईबाट नेपाललाई समुद्रसम्मको पहुँच प्राप्ति हुनेछ भने आर्थिक गतिविधि बढाउन, दक्षिण तथा मध्य एशियाली देशसँग सम्पर्क र आर्थिक सम्बन्ध बढाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले अर्थमन्त्रीले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

दक्षिण–दक्षिण सहयोगको महत्व र त्यसको अपरिहार्यतामा जोड दिँदै मन्त्री खतिवडाले भौतिक पूर्वाधार विकासका अभावलाई बिआरआईले केही हदसम्म भए पनि परिपूर्ति गर्ने, योजना तर्जुमा गर्ने, साथसाथै कार्यान्वयन र प्रतिफल प्राप्त गर्ने पारस्परिक लाभको उक्त परियोजनाले नेपालको लगानीको अभावलाई सम्बोधन गर्ने आशा व्यक्त गर्नुभयो ।

नेपालका लागि चीनका राजदूत यु होङले साझा समृद्धिका लागि बिआरआई कार्यान्वयनमा चीनले जोड दिएको बताउँदै त्यसलाई परिणामुखी बनाउन दक्षिण एशियाली मुलुक चीनका निम्ति अति महत्वपूर्ण छन् भन्नुभयो । बिआरआईले सकारात्मक प्रगति गरिरहेका बेला हाम्रो सहयोगलाई अवमूल्यनको प्रयास गर्दै त्यसलाई तथाकथित ‘चिनियाँ ऋणको जाल’ भनिएकामा सार्वजनिकरुपमै राजदूत युले आपत्ति जनाउनुभयो ।

उहाँँले स्पष्टीकरण दिँदै भन्नुभयो, “बिआरआईको भूराजनीतिक उद्देश्य छैन, यसले कसैलाई तारो पनि बनाएको छैन र यसमा कसैलाई समावेश नगर्ने भन्ने पनि छैन, यो चीन र बाँकी विश्वको समुज्ज्वल भविष्यका लागि हो ।”

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शङ्कर शर्माले सबै देशको आर्थिक विकास र सुधारलाई केन्द्रमा राखेर अघि सारिएको विशाल परियोजना नेपाल जस्तो अल्पविकसित देशमा निम्ति फलदायी हुने बताउनुभयो । प्राध्यापक ये हाइलिनले चीनले कसैसँग प्रतिस्पर्धा गर्न बिआरआई परियोजना नल्याएको स्पष्ट गर्दै विश्वका सबै देशको समृद्धिको साझा यात्रालाई यथार्थमा अनुवाद गर्न उद्देश्यले आएको बताउनुभयो ।

सम्मेलन आयोजक मञ्चका अध्यक्ष कल्याणराज शर्माले नेपाल बिआरआई परियोजनाको सक्रिय साझेदार भएको बताउँदै त्यसबाट नेपालको पर्यटन र लगानीका अथाह अवसर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनमा चीन, भारत, बङ्गलादेशलगायत मुलुकका विद्वत् वर्ग र कूटनीतिक व्यक्तित्व हुनुहुन्छ ।