२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन सम्भाव्यता अध्ययन गर्न चिनियाँ टोली बर्दिया



अ+ अ-

बाँके, ११ कात्तिक (रासस) बर्दियाको पर्यटकीय सम्भाव्यता अध्ययन गर्न र नेपाल र चीनबीच पर्यटक आदानप्रदान गर्ने लक्ष्यका साथ तीन सदस्यीय चिनियाँ टोली शनिबार बर्दियामा आइपुगेको छ ।

चिनियाँ पर्यटन व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष लि बाओहुवाको नेतृत्वमा आएको सो टोलीले बर्दिया गेरुवा–१ स्थित जङ्गल सफारी, जलयात्रा र विभिन्न पर्यटकीय स्थलको अवलोकन गरेको छ ।
टोली शुक्रबार लुम्बिनीको भ्रमण सकाएर बर्दिया आइपुगेको हो ।
बर्दिया थारु रहनसहनदेखि प्राकृतिक सौन्दर्यसम्मले भरिपूर्ण पश्चिम तराईकोे गरिमा हो । बर्दिया राष्ट्रिय निकुन्ज वन्यजन्तुमा चासो राख्नेहरुका लागि एक अनुपम गन्तव्य हो ।
पर्यटन सम्भाव्यता अध्ययन गर्न बर्दियामा रहेको चिनियाँ टोलीलाई मधुवन नगरपालिका, गेरुवा गाउँपालिका, राजापुर नगरपालिका, गुलरिया नगरपालिका, बढैयाताल गाउँपालिकाले स्वागत गरेको थियो । सो टोलीले बर्दिया र चीनवीच पर्यटन प्रवद्र्धनका लागि आगामी दिनमा चीनमा आयोजना गरिने पर्यटन महोत्सवमा बर्दियाका व्यक्तित्वलाई आमन्त्रण गरिने बताएको छ ।