२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनःनिर्माण सामाजिक आर्थिक पुनःस्थापनामा प्रवेश गर्दै



अ+ अ-

काठमाडौँ, २३ असोज (रासस) ः भूकम्पपछिको पुनःनिर्माणलाई सामाजिक आर्थिक पुनःस्थापनामा प्रवेश गराउने तयारी शुरु भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःस्थापनाका कार्यक्रम शुरु गर्न विश्व बैंकसँग छलफल भएको जानकारी दिनुभयो । फ्रिडम फोरमले आज यहाँ आयोजना गरेको ‘जनचासोका समसामयिक मुद्दाहरु ः स्थानीय पत्रकार र पुनःनिर्माण प्राधिकरण’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले भौतिक पुनःनिर्माण मात्र प्राधिकरणको जिम्मेवारी नभएको बताउनुभयो ।

“सामाजिक आर्थिक पुनःस्थापना प्रभावित जिल्लाका नागरिकको जीविकोपार्जनसँग सम्बन्धित हुन्छ, पुनःनिर्माणमा स्थानीय तहलाई जिम्मेवार बनाउन गाउँपालिकाका अध्यक्ष÷नगरपालिकाका प्रमुखको संयोजकत्वमा पुनःनिर्माण समिति गठन गर्ने व्यवस्थासहितका प्रावधान थपेर भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी ऐन २०७२ संशोधनको प्रक्रिया शुरु भएको छ”, उहाँले भन्नुभयो । संशोधनमा जिल्ला तहमा जिल्ला समन्वय समितिका संयोजकको संयोजकत्वमा सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुखलगायत सरोकार भएका निकायका अधिकारी रहने गरी समिति गठन गर्ने व्यवस्था पनि थपिने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिनुभयो ।

फोरमका प्रमुख कार्यकारी अधिकृत तारानाथ दाहालले भूकम्प अति प्रभावित १४ जिल्लाका ३५ पत्रकारलाई पुनःनिर्माणमा जनचासोका मुद्दा उठाउन तालीम दिइएको जानकारी दिनुभयो । तालीम पाएका पत्रकारमध्येबाट १५ जना छनोट गरेर लेखनवृत्ति दिइएको छ ।

लेखनवृत्ति पाएका पत्रकारले तयार पारेको पुनःनिर्माणसम्बन्धी ४५ वटा समाचारको सङ्ग्रह पनि दाहालले प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई हस्तान्तरण गर्नुभयो । पत्रकारले भूकम्प प्रभावित जिल्लामा पूर्वाधार, आवास, निर्माण सामग्री, स्वास्थ्य, खानेपानी, सरसफाइ, सांस्कृतिक सम्पदालगायत क्षेत्रमा भइरहेको पुनःनिर्माणको समाचार सामग्री तयार पारेका छन् ।

लेखनवृत्ति पाएका पत्रकारले तयार पारेको पुनःनिर्माणका समाचारलाई पत्रकारद्वय हस्त गुरुङ र धर्मेन्द्र झाले मार्गनिर्देशनसहित अन्तिम रुप दिनुभएको थियो । पत्रकार गुरुङले एउटा भूकम्पले नेपालीको वर्षौंदेखिको परम्परागत जीवनशैलीमा परिवर्तन ल्याएका मुद्दा उठाउनुपर्नेमा जोड दिनुभयो । पत्रकार झाले नेपाली पत्रकारिताको पछिल्लो दशकमा तल्लो तहका जनताको मुद्दा आउन छोडेकामा लेखनवृत्ति पाएका समाचारदाताले त्यसलाई पुनःस्थापित गरेको बताउनुभयो ।

कार्यक्रममा प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) गोरखाका प्रमुख रामकुमार श्रेष्ठ एवं ललितपुरका प्रमुख प्रकाश पोखरेल र प्रभावित जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने पत्रकारले स्थानीयस्तरमा भएका पुनःनिर्माणका समस्या एवं सुधारका लागि गर्नुपर्ने कामका विषयमा आफ्ना विचार राख्नुभएको थियो । (श्रव्य सामग्री उपलब्ध छ)




भर्खरै