२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीद्वारा नेपाली महावाणिज्य दूतावास निरीक्षण



अ+ अ-

प्रधानमन्त्री केपी शर्मा ओलीले आज अमेरिकाका लागि नेपाली महावाणिज्य दूतावासको निरीक्षण गरे ।

उनलाई कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराई तथा दूतावासका अन्य कर्मचारीले दूतावासका कामकारवाहीका विषयमा जानकारी दिएका थिए ।

उक्त अवसरमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले कर्मचारीले राखेका समस्या तथा कठिनाइ समाधान गर्न पहल हुने जानकारी दिए । दूतावासले आज प्रधानमन्त्री तथा प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गरेको थियो । उक्त अवसरमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी थिए ।

उक्त अवसरमा प्रधानमन्त्री ओलीका साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी रहेका थिए ।