२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषध र नक्कली पेस्तोलसहित तीन पक्राउ



अ+ अ-

प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र नक्कली पेस्तोलसहित प्रहरीले शनिबार राति तीनलाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण गर्ने उद्देश्यले शङ्कास्पद व्यक्तिलाई चेकजाँच गर्दा महानगरीय प्रहरी वृत बौद्धबाट खटिएको टोलीले लागुऔषध कारोवारीलाई काठमाडौँ चुच्चेपाटीबाट राति ८ बजे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इलाम माई नगरपालिका–४ का २३ वर्षीय सञ्जय समाल (मगर), मोरङ पथरी नगरपालिका–५ का २४ वर्षीय सन्तोष लिम्बू र झापा शिव सताक्षी नगरपालिका–३ का २४ वर्षीय युगेश राई रहेका महानगरीय प्रहरी वृत बौद्धका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले बताए ।

सडकमा हिँडिरहेका निजहरुको शरीर तलासी लिने क्रममा ३० ग्राम लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर), नक्कली पेस्तोल एक थान र रु २० हजार १०० बरामद भएको गिरीले जानकारी दिए । पक्राउ परेका उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।