२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिमा छिटो दर्शन गर्नेलाई एक हजारको टिकट



अ+ अ-

काठमाडौं, भदौ २९ । पशुपति क्षेत्र विकास कोषले यस वर्षको हरितालिका तीजमा पनि पशुपतिनाथको छिटो दर्शन गर्न चाहने भक्तजनका लागि रु एक हजारको टिकटको व्यवस्था मिलाएको छ ।
तीजका दिन बिहान ३ बजेदेखि साँझ ८ बजेसम्म मन्दिरका चारै ढोका खुला गरिने र मन्दिरको नित्य पूजामा भने करिब एक घन्टा दर्शनको काम रोकिनेछ । रातिसम्म नै दर्शनको व्यवस्था मिलाइएको छ ।
कोषका सदस्यसचिव डा गोविन्द टण्डनले दर्शनका लागि आउने अशक्त तथा वृद्धवृद्धालाई छिटोछरितो पङ्क्तिको प्रबन्ध गरिने जानकारी दिए । कोषले मेला भर्न आउने भक्तजनलाई व्यवस्थित गर्न सञ्चालक समितिका सदस्य बबिता पौडेलको संयोजकत्वमा १०१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ ।