२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिम्मेवारी पूरा हुनासाथ दङ्गाग्रस्त क्षेत्रबाट फर्कन्छौँ : सेना



अ+ अ-

काठमाडौँ,  भदौ २९। नेपाली सेनाले आफू सामाजिक सद्भाव कायम राख्न निष्पक्ष, विश्वसनीय ढङ्गले काम गर्दै आएको र जिम्मेवारी पूरा हुनासाथ दङ्गाग्रस्त क्षेत्रबाट ब्यारेक फर्कने जनाएको छ ।
स्थानीय प्रशासन ऐनअनुसार स्थानीय प्रशासनले जिम्मेवारी क्षेत्रभित्र शान्ति सुव्यवस्था कायम गर्न दङ्गाग्रस्त क्षेत्र घोषणा गरी शान्तिसुरक्षा र अमनचयन कायम गर्न सेनाको सहयोग लिन सक्ने व्यवस्था भएबमोजिम केही स्थानमा नेपाली सेना खटिएको सेनाले जनाएको छ । सैनिक जनसम्पर्क निर्देशनालयले सो प्रावधानअनुसार स्थानीय प्रशासनलाई सहयोग गर्न खटिएको सेनालाई ‘परिचालन भएको’ भन्ने अर्थमा नलिन र नबुभ्mन अनुरोध गरेको छ ।

संविधान एवम् प्रचलित ऐननियमका प्रावधानअनुरुप सरकारको मातहतमा रही प्राप्त जिम्मेवारीलाई संयमित, सुझबुझपूर्ण एवम् समन्वयात्मक ढङ्गले गर्दै आएकामा दङ्गाग्रस्त क्षेत्रमा पनि सेनाले नागरिकको जिउधन, सार्वजनिक एवम् सरकारी सम्पत्तिको सुरक्षा गरिरहेको जनाइएको छ । रासस