२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरी ३१ दिनदेखि ठप्प, जनजीवन कष्टकर



अ+ अ-
फाइल फोटो

सप्तरी, २८ भदौ । सीमांकनको विरोधमा उत्रिएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जारी राखेको अमहडतालको सोमबार ३१ दिन पूरा भएको छ ।

लगातारको बन्दका कारण सप्तरीको जनजीवन अत्यन्त कष्टकर हुनुको साथै बजार पूर्णरुपमा बन्द भएपछि दैनिक खाद्यान वस्तुमा महंगी बढेपछि उपभोक्ता मारमा परेका छन् ।

यहाँ विगत एक महिनादेखि लगातार यातायातको साधन नचल्दा दैनिक उपभोग्य सामग्री तथा आवश्यक खाद्यान्न वस्तुको अभाव हुनुका साथै डिजेल र पेट्रोलको समेत अभाव भएको छ ।

त्यस्तै राजविराज– १ स्थित मुख्य व्यापारिक क्षेत्र हटिया पनि विगत तीन दिनदेखि पूर्ण बन्द रहेकाले खाद्यान्न वस्तु, सागसब्जी र प्याजको अभाव भएपछि व्यापारीहरुले आफूखुसी मूल्य निर्धारण गरी उपभोक्तालाई महँगो मूल्य लिएर बिक्री वितरण गरिरहेको पाइएको छ ।

यहाँको बजारमा अहिले व्यापारीहरुले प्याजको भाउ रु १२० मा बिक्री भइरहेको छ । अधिकांश व्यापारीले बन्दको मौकामा खाद्यान्न वस्तुलगायत प्रत्येक समानमा दोब्बरको भाउ लिई ठगी गरेका छन् ।

बन्दका कारण बजारमा मोबाइलको रिचार्जसमेत पाउन समस्या भइरहेको सप्तरी पोर्ताहा–६ का मोबाइल उपभोक्ता महानन्द यादवको गुनासो रहेको छ । लगातार ३० दिनदेखिको बन्दले जिल्लामा उद्योग, कलकारखाना, व्यापार, शैक्षिक संघ–संस्थालगायत सबै ठप्प रहेको बताइएको छ ।

बन्दका कारण एक महिनादेखि जिल्लाको प्रत्येक स्कुल कलेज बन्द भएपछि विद्यार्थीले पढाइ गर्नबाट वञ्चित भएको विद्यार्थी बताउँछन् । साथै सेवाग्राहीहरु सरकारी कामकाजका लागि सदरमुकाम राजविराज आउन छाडेपछि यहाँका सरकारी कार्यालय सुनसान देखिएको बताइएको छ ।

त्यस्तै मधेसी मोर्चाको महिना दिनदेखिको जारी बन्दका कारण सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दूरीको सवारी साधन चल्न दिएका छैनन् भने पूर्व–पश्चिम राजमार्गको भारदह, कञ्चनपुर, रुपनी, कल्याणपुरलगायतको ठाउँमा ढुङ्गा र रुख ढालेर सडक अवरुद्ध पारेका छन् ।

सीमांकनको विरोधमा उत्रिएका संघीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीलगायतका मधेसवादी दलले अनिश्चितकालीन तराई मधेस बन्द आह्वान गरेका छन् ।