२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

“हामी संविधान निर्माणको सुरुङभित्र प्रवेश गरिसकेका छौँ”



अ+ अ-

काठमाडौँ, भदौ २७। सभाध्यक्षा सुवास नेम्वाङले आजदेखि नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि प्राप्त संशोधन प्रस्तावमा मतदान हुने बताउनुभएको छ ।

रेडियो नेपालको ‘अन्तरसंवाद’ कार्यक्रमलाई आज बिहान दिनुभएको अन्तर्वार्तामा उहाँले प्रमुख दलको आग्रहमा शुक्रबार र शनिबार मतदानको प्रक्रिया स्थगन गरिएकाले आज बिहान ११:३० मा बस्ने पहिलो बैठकमा शीर्ष नेताले बोल्ने र त्यसपछि केही समय स्थगन भई दोस्रो बैठकदेखि प्रक्रिया अघि बढ्ने जानकारी दिनुभयो उहाँका अनुसार शीर्ष नेताले छलफलमा भाग लिएपछि संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले जवाफ दिनुहुनेछ । उहाँले अहिलेसम्मका आन्दोलन र उपलब्धि तथा जनताको भावना समेटिएको प्रगतिशील र लोकतान्त्रिक संविधान तयार भएकाले यसलाई जारी गर्ने ऐतिहासिक चरणलाई पूरा गर्न सबैमा आग्रह पनि गर्नुभयो ।

अध्यक्ष नेम्वाङले आजको बैठक अगाडि कुनै नयाँ सहमति भएमा विद्यमान संशोधन प्रस्तावभित्र मिलाएर सम्बोधन गर्न सकिने तथा यदि वार्ता र प्रक्रिया दुवै निरन्तर रहेमा संविधान जारी भएपछि पनि संशोधन गर्न सकिने जनाउनुभयो । उहाँले भन्नुभयो, “हामी संविधान निर्माणको सुरुङभित्र प्रवेश गरिसकेका छौँ, यसबाट दायाँबायाँ वा पछाडि फर्कने ठाउँ छनै, अगाडि बढेर बाहिर निस्कनाको विकल्प छैन ।” रासस