२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थपूर्ण वार्ता गर : संयुक्तराष्ट्रसंघ महासचिव बान



अ+ अ-

काठमाडौँ,  भदौ २६ । संयुक्त राष्ट्रसङ्घका महासचिव बान की—मुनले नेपालमा पछिल्लो समय देखिएको हिंसा र जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै अर्थपूर्ण वार्ता गर्न सबै सरोकारवाला पक्षलाई आग्रह गरेका छन् ।
महासचिव बानले संविधान निर्माण प्रक्रियाको अन्तिम चरणमा रहेको नेपालको पछिल्लो घटनाक्रमलाई आफूले नजिकबाट नियालिरहेको आफ्ना प्रवक्ता स्टेफान डुजारिकमार्फत शनिबार पत्रकारहरुलाई न्यूयोर्कमा जानकारी गराएका छन् ।
नेपालका प्रमुख राजनीतिक दलले संविधानको मतदान प्रक्रिया केही दिन रोकेकोमा त्यसको स्वागत गर्दै यो मौकालाई सबैपक्षले सदुपयोग गर्न पनि महासचिव बानले आग्रह गरेका छन् । उनले वार्ता र अहिंसाको माध्यमबाट समाधान निकाल्न आग्रह गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन र भेला हुन पाउने स्वतन्त्रताको सम्मानमा पनि जोड दिएका छन् ।