२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाले थप बाह्र हजार शरणार्थीलाई शरण दिने



अ+ अ-

क्यानबेरा, भदौ २३ । अष्ट्रेलियाले बुधबार युद्धग्रस्त देश सिरिया र इराकका १२ हजार शरणार्थीको लागि शरण दिने घोषणा गरेको छ ।

यति ठूलो सङ्ख्याका थप शरणार्थीलार्ई शरण दिने अष्ट्रेलियाको यो घोषणा दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा ठूलो भएको बताइएको छ ।

सत्ता गठबन्धन पार्टीसँग भएको बैठकपछि प्रधानमन्त्री टोनी एबोटले अष्टे«लियाले सो घोषणा गरेको बताउनु भएको जनाइएको छ ।

अष्टे«लियाले सिरिया र इराकमा जारी द्वन्द्वका कारण शरणार्थी बन्न पुगेका थप १२ हजार शरणार्थीलाई शरण दिने बुधबार भएको एक पत्रकार सम्मेलनमा घोषणा गर्नु भएको बताइएको छ ।

हिंसा, मध्यपूर्वी देशको आन्तरिक समस्या लगायतका विभिन्न कारणबाट लाखौँ लाख नागरिकले युरोपमा शरणार्थीको रुपमा प्रवेश गरिरहेका छन् ।

आप्रवासीले युरोपतर्फ जाने आवेदन गर्ने सङ्ख्या प्रतिवर्ष बढ्दै गएको छ । गत वर्षको तुलनामा युरोपेली सङ्घमा शरणार्थी आवेदकको सङ्ख्या नाटकीय रुपमा बढेको बताइएको छ । रासस/सिन्ह्वा