२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरोगेसी सेवा दिनेलाई सरकारले कारबाही गर्ने



अ+ अ-

काठमाडौं, भदौ १९ । चौतर्फी दबाबपछि विवादास्पद सरोगेसी (आमाको कोख भाडामा लिई बच्चा जन्माउने प्रक्रिया) सेवा दिने जुनसुकै चिकित्सक, कर्मचारी र स्वास्थ्य संस्थामाथि कारबाही गर्न सरकार तयार भएको छ ।

कानुनी मान्यता नपाउँदै उपत्यकासहित विभिन्न जिल्लाका निजी अस्पताल, नर्सिङ होम र क्लिनिकले सरोगेसी सेवा सञ्चालनमा ल्याएर नेपाली महिलाको ज्यान धरापमा पार्न खोजेको भन्दै उक्त सेवा रोक्न सरकारलाई दबाब दिइएको थियो ।

सञ्चारमाध्यम, महिला अधिकारकर्मी, चिकित्सक, समाजसेवी, कानुन व्यवसायीलगायतले नेपालमा सरोगेसी सेवा सञ्चालनमै ल्याउन नहुने भन्दै अवैधानिक रूपमा उक्त सेवा सञ्चालन गर्नेलाई सरकारसमक्ष कारबाही माग गर्दै आएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको छानबिन समितिले समेत कतिपय अस्पतालले त्यस्तो सेवा दिइरहेको भेट्टाएपछि कारबाही गर्ने निर्णय गरेको समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।

मन्त्रिपरिषद्को निर्णयको दुरुपयोग गरी गैरकानुनी रूपमा केही अस्पताल र स्वास्थ्य संस्थाहरूले सरोगेसी सेवा दिइरहेको भन्ने सूचना आएकाले उनीहरूमाथि अनुसन्धान भइरहेको भन्दै उक्त सेवा सञ्चालनमा नल्याउन निर्देशन दिएको र अटेर गरी सरकारको निर्देशन नमान्नेलाई कडा कारबाही गर्ने निर्णयमा मन्त्रालय पुगेको हो ।

मन्त्रालयका प्रवक्ता डा. गुणराज लोहनीका अनुसार सरकारको निर्देशन अटेर गरी आगामी दिनमा सरोगेसी सेवा सञ्चालन गर्ने जुनसुकै अस्पताल, नर्सिङ होम र स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरूलाई कडाभन्दा कडा कारबाही गरिनेछ ।