२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकै होचा डाँगीको निधन



अ+ अ-


काठमाडौँ, भदौ १८ । विश्वकै होचा व्यक्तिका रुपमा गिनिज बुक अफ दि वल्र्ड रेकर्डसमा नाम लेखाउन सफल नेपालका चन्द्रबहादुर डाँगीको आज निधन भएको छ ।

पचहत्तर वर्षीय डाँगीको निमोनियाका कारण अमेरिकन समवाको पागोपागोस्थित ल्यान्डन बी जोहन्सन ट्रपिकल मेडिकल सेन्टरमा नेपाली समयअनुसार मध्याह्न १२ बजेतिर निधन भएको बताइएको छ । उहाँ मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुन पाँच महिनाअघि त्यसतर्फ जानुभएको थियो ।

उहाँका सहयोगी थानेश्वर गुरागाईँका अनुसार डाँगीका साथमा रहेका उहाँका भतिजा दोलखले उहाँका हजुरबुवाको उपचारका क्रममा निधन भएको पुष्टि गर्नुभएको छ ।

डाँगीको जन्म विसं १९९६ मङ्सिर १५ गतेसल्यानको रामपुरस्थित कालीमाटीमा भएको थियो । हाल उहाँको स्थायी बसोबास दाङको पुरनधारास्थित रिमखोलीमा छ ।

चौध किलो तौल भएका डाँगीको उचाइ २१ दशमलव ५ इन्च रहेको थियो । उहाँ अविवाहित हुनुहुन्थ्यो । डाँगीले विसं २०६८ फागुन १४ गते विश्वकै होचा व्यक्तिको प्रमाणपत्र प्राप्त गर्नुभएको थियो । रासस




भर्खरै