२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र भारत यु १९ साफ फुटबलको फाइनलमा, उपाधि जिते नेपाल सरकारले जनही एक लाख दिने



अ+ अ-

काठमाडौँ, भदौ १० ।

यु १९ साफ पुरुष फुटबल प्रतियोगितामा नेपाल र भारत फाइनलमा पुगेका छन् । आज भएका दुई सेमिफाइनल खेलमा नेपालले अफगानिस्तान र भारतले बङ्गलादेशलाई पराजित गरी फाइनलमा पुगेका हुन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विहीबार सम्पन्न सेमिफाइनल खेलमा अफगानिस्तानलाई ३–२ गोल अन्तरले पराजित गर्दै नेपाल नेपाल

फाइनलमा पुगेको हो । नेपाली टिमबाट अञ्जन विष्टले ३४ र ३९औं मिनेटमा दुई गोल गरे । उनले नेपाललाई मध्यान्तरअघि नै २–० को अग्रता दिलाएका थिए । तर, मध्यान्तरपछिको लगत्तै ५०औं मिनेटमा नेपालका अनन्त तामाङबाट आत्मघाती गोल भएको थियो । सुनिल बलले ५२औँ मिनेटमा थप एक गोल गरेपछि नेपालले ३–१ ले अग्रता लिएको थियो ।

अफगानिस्तानबाट मेहबिरेजायीले ७२औँ मिनेटमा दोश्रो गोल गरेका थिए ।

यसैबीच आजै भएको अर्को खेलमा भारतले टाइब्रेकरबाट बंगलादेशलाई पराजित गर्दै फाइनल प्रवेशको स्थान सुरक्षित गरेको हो । नेपाल र भारतबीच भने शनिबार हुनेछ ।

युवा तथा खेलकुद मन्त्रालयले उपाधी जितेमा खेलाडीलाई जनही एक लाख रुपैया दिने घोषणा गरेको छ । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले आज पत्रकार सम्मेलन गरी घोषणा गरेका हुन् ।




भर्खरै