२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखा दरबारको मर्मत सकियो, भक्तजनका लागि खुल्ला



अ+ अ-

गोरखाबजार,  भदौ ७ । विनाशकारी भूकम्पले क्षति पुगेको ऐतिहासिक गोरखा दरबारस्थित गोरखकाली मन्दिर भक्तजनका लागि आजदेखि खुल्ला गरिएको छ । 

सुरक्षाको अवस्था देखाउँदै यसअघि दरबार हेरचाह अड्डाले सूचना जारी गरेर भक्तजनलाई दरबार क्षेत्र प्रवेश गर्न रोक लगाएको थियो । भूकम्पले भत्काएको गोरखनाथ मन्दिर, कालिकाको मन्दिर, गोरखा दरबार, पर्खाल मर्मत गरेपछि नियमित पूजाका लागि खुल्ला गरिएको दरबार हेरचाह अड्डाका प्रमुख गणेश भट्टराईले जानकारी दिए ।

“पुरातत्व विभागले पठाएको रु २५ लाखले पहिलो चरणको मर्मत गरियो” भट्टराईले भने, “गोरखकाली मन्दिरमा बलि पूजा र गोरखनाथ मन्दिरमा पूजाआजाका लागि खुल्ला गरिएको हो ।” भूकम्पले गोरखा दरबारको झिँगटी, पर्खाल, टुँडाल, गोरखनाथ गुफा मन्दिरका साथै रोट पोल्ने ठाउँ, पशुपति, गुहृेश्वरीको मन्दिरमा क्षति पुगेको थियो ।

“दरबार क्षेत्र मर्मतका लागि करोडौँ बजेट आवश्यक पर्छ” भट्टराईले  भने, “गोरखा दरबारको आँगन करिब तीन इन्च तल धसिएको छ ।” दरबार क्षेत्रभित्र रहेको चौघेरा मन्दिरको मर्मत गरिएको छैन । साथै चौघेरा दरबार नजिकै रहेको गणेशको मन्दिर पनि पुनःनिर्माण गर्न बाँकी रहेको भट्टराईले बताए ।

कालीकाको मन्दिरमा दिनहुँ ३०० भन्दा बढी भक्तजन पूजाआजाका लागि आउने गर्छन् । प्रत्येक अष्टमीमा भक्तजनको भीड लाग्ने गोरखकाली मन्दिरमा केही वर्षअघिदेखि दिनहुँजसो बलि पूजा हुन्छ । रासस