काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकै चुनाव क्षेत्रलाई लक्षित गरेर एमालेले महाधिवेशनस्थल तोकेको भन्ने विषयको खण्डन गरेका छन् ।
राजधानीमा मंगलबार सम्पादकहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले कोही कहीँबाट चुनाव लड्दैमा त्यो जिल्ला उसकै हो भनेर भन्न नमिल्ने बताए का हुन् ।
ओलीले भने, ‘उहाँलाई मेरो निर्वाचन क्षेत्रमा आएर महाधिवेशन गरे भन्ने लाग्छ भने मेरो निर्वाचन क्षेत्रमा आउनुस् ।’
पार्टीको महाधिवेशन कहाँ गर्ने भन्नेबारे निर्णय गर्नु कुनै पनि पार्टीको सहजता र स्वतन्त्रताको विषय भएको समेत ओलीले बताए ।












