२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिड्नीमा मौसमीले ‘कुण्ठा’ देखाउने



अ+ अ-


सिड्नीबासिहरु यो सप्ताहान्त निकै रमाइलोसंग बिताउदै छन् । कस्तो अचम्म कसैको कुण्ठा हेरेर कसैले रमाइलो गर्नुपर्ने । सिड्नीबासि नेपालीहरु कुन्ठा मनपराउछन् वा कति फराकिला छन् । अरुको कुन्ठा आफ्नै ठान्छन् वा अरुकै यो पनि २२ तारिख साझ प्रमाणित हुदैछ । एउटा प्यास, एउटा घिटकीसो, बोल्नै नसकिने शब्दहरु र अभिब्यक्त गर्न नसकिने भावहरु अर्थात् कुन्ठा समेटिएको नेपाली कथानक चलचित्र “कुण्ठा” अष्ट्रेलिया आइपुगेको छ ।
साइन इन्टरटेनमेन्टको प्रस्तुती नेपाली कथानक चलचित्र कुण्ठा यही डिसेम्बर २२ , २०१३ मा सिड्नीको सिभीक थियटरमा प्रदर्शन गरिने भएको छ । न्ज अष्ट्रेलियाले आयोजना गरेको उक्त नेपाली चलचित्रको मुख्य भुमिकामा मौसमी मल्ल र रविन पोख्रलको अभिनय रहेको छ । समाजमा रहेका अन्धबिश्वास कुरीती र एउटा वेश्याबाट जन्मेको बच्चाको मानसिक स्थिति उसलाइ समाजले हेर्ने नजर लगायत गहन बिषयको कथाबस्तु चलचित्रले समेटेको छ । किरण माइकलको कथावस्तु रहेको यस चलचित्रको निर्देशक अनुप गीरी हुन् । सुरज के सी , सुवास गजुरेल, गणेश सापकोटा र बालकलाकार अमृतांसु महाजुको पनि अभिनय रहेको चलचित्रका निर्माता सिड्नी निवासी युवराज पोख्रल हुन् । न्युजले विभिन्न समयमा नेपाली फिल्महरुलाई अष्ट्रेलियामा प्रदर्शन गर्दै आएको छ ।
सिभीक थियटर हर्सभिली सिड्नीमा दिउसो २ वजे देखि ५ बजे सम्म र वेलुकी ५ वजे देखि ९ बजे सम्म दुई शो प्रस्तुत हुने यो चलचित्रले सिड्नीमा राम्रो प्रसिद्धि कमाउने बुझिएको छ ।




भर्खरै