२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आप्रवासन सम्बन्धी वृत्तचित्र प्रदर्शन



अ+ अ-

काठमाडौँ, ३ पुस –

अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा आज आप्रवासन सम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको छ । अशोक थापाले निर्देशन गर्नुभएको ‘द ड्रिम अफ रियालिटी’ नामक वृत्तचित्रमा दोलखाका गणेशकुमार फुँयालको यथार्थ जीवनमा आधारित कथालाई विषयवस्तु बनाएर प्रस्तुत गरिएको थियो । वृत्तचित्रमा ३८ वर्षीय फुँयाल कामको सिलसिलामा एक वर्षअघि मलेसिया गएपछि काम गर्दागर्दै दुर्घटनामा परी उनको दुवै खुट्टा काट्नु परेको र अहिले उनी स्वदेशमै उपचारको क्रममा रहेको हृदयविदारक दृश्य देखाइएको छ ।

अलजजिरा इन्टरनेसनल डकुमेन्ट्री फिल्म फेस्टिवल, बगदाद इन्टरनेसनल फिल्म फेस्टिवललगायतका प्रतिस्प्रर्धामा सम्मानित भएका निर्देशक थापाले मलेसियाको एस के बस कम्पनीमा कार्यरत फुँयालको घटनाका बारेमा कानुनी कारबाही अघि बढिरहेको जानकारी दिनुभयो । श्रम मन्त्रालयका सचिव शान्तकुमार श्रेष्ठले वृत्तचित्र प्रदर्शनीको शुभारम्भ गर्दै वैदेशिक रोजगारीका सन्दर्भमा बाहिर जानुअघि कामको प्रकृति अनुसारको सीप सिक्नु आवश्यक रहेको उल्लेख गर्दै मन्त्रालयले पनि छोटो अवधिका विभिन्न सीपमूलक परियोजना सञ्चालन गर्दै आइरहेको बताउनुभयो । 

त्यसैगरी सो कार्यक्रममा बेलायतका निर्देशक पिटर प्याटेसनले निर्माण तथा निर्देशन गरेको वृत्तचित्रमा लेबनानमा भएका नेपाली महिला र कतारमा भएका नेपाली आप्रवासीको अवस्थालाई पनि देखाइएको थियो । प्रत्येक वर्ष डिसेम्बर १८ मा अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइन्छ ।