२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

विरोध प्रदर्शनमा सहभागी हुन एनआरएन युकेको आग्रह



अ+ अ-
लन्डन-एनआरएन युकेले मिडिलइष्टका नेपाली मजदूरहरुका पक्षमा आवाज मुखरित गर्न लन्डनमा रहेको कतारी दूतावासमा हुन लागेको विरोध प्रदर्शनमा सघाउने भएको छ । एनआरएन युकेका अध्यक्ष महेन्द्र कडेलले कतारलगायतका खाडी देशहरुमा काम गरिरहेका नेपालीहरुको आत्मसम्मान, समानता र सुरक्षित काम गर्ने वातावरणका पक्षमा आवाज उठाउन कतारी दूतावासमा विरोध प्रर्दशनमा एनआरए युकेले सघाउने बताए ।

उनले त्यसमा साथ दिनका लागि बेलायतमा रहेका सबै नेपालीलाई समेत आग्रह गरेका छन् ।  यसले मिडिलइष्टमा रहेका समग्र कामदारको पक्षमा सहयोग पुग्ने भन्दै बेलायतवासी सबै नेपाली लन्डनस्थित कतारी दूतावासमा हुने विरोध प्रदर्शनमा सहभागी हुन उनले आग्रह गरेका हुन् ।
अक्टोबर १२ मा  मिडिलइष्टमा नेपाली कामदारहरुका बारेमा आवाज उठाउन कतारी दूतावासमा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ । उक्त विरोध प्रदर्शनले मिडिलइष्टमा देशहरुले नेपालीहरुको पक्षमा काम गर्न दबाब पर्ने विश्वास पनि एनआरएन युकेले गरेकेा छ ।




भर्खरै