२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाडीको भन्सार महशुल आधा घट्दै



अ+ अ-

सरकारले चालु आर्थिक वर्षको मध्यसम्ममा सवारीसाधनमा लगाउँदै आएको भन्सार महसुल आधा कटौती गर्नुपर्ने भएको छ । विश्व व्यापार संगठन ९डब्लुटीओ० को सदस्यताका क्रममा गरिएको प्रतिबद्धता अनुसार महसुल ४० प्रतिशतमा झार्नुपर्ने आजको कान्तिपुरमा खबर छ ।

अहिले सवारीसाधनमा ८० प्रतिशत भन्सार महसुल लाग्छ । अर्थ मन्त्रालय स्रोतका अनुसार सन् २०१३ भित्र महसुल घटाउनुपर्ने प्रतिवद्धता हो । ‘८० पछिको अर्को दरबन्दी ४० भएकाले सिधै त्यसैमा ल्याउनुपर्छ,’ स्रोतले भन्यो ।
अर्थ मन्त्रालयले तयार पारेको राजस्वसम्बन्धी एक प्रतिवेदनअनुसार यसरी भन्सार दरबन्दी घटाउँदा १ अर्ब रुपैयाँ राजस्व गुम्नेछ । पेट्रोलियम पदार्थपछि, सबैभन्दा धेरै भन्सार राजस्व सवारीसाधनबाट उठ्छ ।
यसरी राजस्वमा धक्का पुग्ने भएपछि सरकार भन्सार महसुल हटाए पनि अन्य शुल्कबाट त्यसको क्षतिपूर्ति गर्ने तयारीमा जुटेको छ । डब्लुटिओको प्रतिवद्धता पुरा गर्दा पर्ने घाटा पूरा गर्न संसार भरिनै त्यति नै बराबरको अन्तःशुल्क लगाउने प्रचलन छ । अन्तःशुल्क बढाउने तयारी भइरहेको अर्थ स्रोतले बतायो ।