काठमाडौं। ‘उग्रचण्डी नाला समाजको आधार, भाईचारा, सहयोग र सदभाव’ नारालाई आत्मसात् गर्दै वि.सं.२०७३ सालमा काठमाण्डौमा स्थापना भएको उग्रचण्डी नाला समाजको चौथों वार्षिक साधारण सभा एवम् दोस्रो अधिवेशन मिन भवन काठमाडौंमा सम्पन्न भयो ।
उग्रचण्डी नालामा जन्मेर कामको सिलसिलामा राजधानीका विभिन्न स्थानमा रहेका नालामीहरुद्वारा जन्मभूमिमा निस्वार्थ रुपमा योगदान गर्ने उद्देश्यले सो संस्था स्थापना भएको हो । नालाको भौतिक तथा पुर्वाधार विकासको साथै राजधानीमा बस्दै आएका नालामीहरुलाई कुनै समस्या पर्दा सामुहिक रुपमा समाधान गर्नुपनि समाजको उद्धेश्य रहेको समाजका उपाध्यक्ष रोशन श्रेष्ठले बताए ।
शनिबार सम्पन्न संस्थाको दोस्रो अधिवेशनवाट अध्यक्षमा चन्द्रलाल श्रेष्ठ उपाध्यक्षमा लक्ष्मी प्रसाद (रोशन) श्रेष्ठ, सचिवमा रामचन्द्र कर्माचार्य, कोषाध्यक्षमा इन्दु प्रधान र सहसचिवमा भारती श्रेष्ठ तथा सदस्यहरुमा मिना श्रेष्ठ, सिद्धि बहादुर श्रेष्ठ, संगिता मानन्धर, किशोर श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ र शिव नारायण अनामनि श्रेष्ठ सर्वसम्मत चयन भए ।
नवनिर्वाचित पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गÞरीबी निवारण मन्त्री शशि श्रेष्ठले कार्यकालको सफलताको कामना गर्दै वधाई तथा शुभकामना दिईन् । सो कार्यक्रममा नालामा जन्मेर हाल कालिमाटी निवासी समाजसेवी महारुद्र श्रेष्ठलाई मन्त्री श्रेष्ठले सम्मान गरेकी थिइन् ।
अध्यक्ष चन्द्रलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभा उद्घाटन समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री शशि श्रेष्ठ, नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर शिवराज श्रेष्ठ, बनेपा नगरपालिका वडा नं.४ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठ समेतले शुभकामना मन्तव्य दिएका थिए । समाजका सदस्य रामचन्द्र कर्माचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।












