२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालको स्तरोन्नति र उपचार सेवालाई गुणस्तरीय बनाइनेः स्वास्थ्यमन्त्री खतिवडा



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सङ्घीय तथा प्रदेश सरकारको मातहतमा रहेका अस्पताललाई  स्तरोन्नति गर्नाका साथै आवश्यक चिकित्सकको दरबन्दी खुल्ला गरेर गुणस्तरीय र प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको बताउनुभयो ।मकवानपुरस्थित समाजवादी प्रेस सङ्गठनद्वारा आज हेटौँडामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले कोरोना सङ्क्रमणबाट पीडित र अन्य नागरिकले  पनि सम्बन्धित उपकेन्द्रमा गएर खोप लगाउन सजक हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री खतिवडाले छिमेकी राष्ट्र भारत, चीन र अमेरिकाबाट कोभिड विरुद्धको खोप ल्याई सबै नेपाली नागरिकलाई उपलब्ध गराउन थालिसकेको र अहिले १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने जानकारी दिनुभयो । दुर्गम भेगका जनतालाई स्वास्थ्य सेवा सुलभ ढङ्गबाट उपलब्ध गराउन पायक पर्ने स्थानमा छिट्टै स्वास्थ्यचौकी स्थापना गरिने र सरकारको छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई करार सेवामा नियुक्त गरी उपचार सेवालाई तीव्रता दिने लक्ष्यका साथ गृहकार्य भइरहेको पनि उहाँले जानकारी गराउनुभयो ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालको आजै निरीक्षण गर्दै मन्त्री खतिवडाले  गुणस्तरीय स्वास्थ्यसेवा छिटोछरितो उपलब्ध गराउन आग्रह गर्नुभयो । उहाँले एक अत्याधुनिक एम्बुलेन्स आजै सरकारका तर्फबाट हेटौँडा अस्पतालका रजिष्टार राजेशप्रसाद प्रसाइलाई हस्तान्तरण गर्नुभयो । रासस