७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनाइटेडद्वारा मुख्य प्रशिक्षक सोल्सर बर्खास्त



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले प्रशिक्षक ओले गुनर सोल्सरलाई बर्खास्त गरेको छ । 

आइतबार प्रशिक्षक सोल्सरलाई क्लबले बर्खास्त गरेको हो । शनिबार बसेको आकस्मिक बोर्ड बैठकले सो निर्णय गरेको हो ।

शनिबार मात्रै म्यानचेस्टरले वाटफोर्डसँग लज्जास्पद ४–१ को हार बेहोरेपछि बोर्डले प्रशिक्षकलाई हटाउने निर्णयमा पुगेको थियो । 

सोल्सारले सन् २०१८ देखि म्यानचेस्टरको प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

युनाइटेडलाई कुनै उपाधि जिताउन नसकि सोल्सार बिदा भएका छन् ।