काठमाडौं । भारतीय योगगुरु रामदेव र पतञ्जली योगपिठका प्रमुख आचार्य बालकृष्णले बिहिबार माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संग भेट गर्नुभएको छ ।

दाहाल निबासमा भएको भेटमा योगगुरु रामदेब र आचार्य बालकृष्णले लामो समय देखी बिरामी अबस्थामा रहनु भएकी प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अबस्था बारे जानकारी लिनभएको थियो ।

शुक्रबार र सनिबार हुने पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन स्वामी रामदेव र बालकृष्ण नेपाल आउनु भएको हो ।













