७ असार २०८३, आईतवार
,
Latest
‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती धनगढी उपमहानगरको ल्यायो दुई अर्ब ६४ करोडको बजेट ‘जनताप्रति समर्पित हुँदै नेतृत्व गर्ने व्यक्ति सधैँ सफल हुन्छन्’ तिलिचो भक्ति यात्रा सम्पन्न संस्कृति संरक्षणमा दरै समुदाय एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ! राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइबाका अध्यक्ष उमर काठमाडौँमा



अ+ अ-

काठमाडौँ I अन्तर्राष्ट्रिय बक्सिङ महासङ्घ (आइबा)का अध्यक्ष उमर क्रमलेभ आज काठमाडौँ आइपुग्नुभएको छ । नेपाल बक्सिङ सङ्घको निमन्त्रणामा आइबा अध्यक्ष उमरसहित ६ सदस्सीय टोली यहाँ आउनुभएको हो । 

अध्यक्ष उमरको टोलीलाई बक्सिङ सङ्घले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो । सङ्घका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुन केसीलगायतका पदाधिकारीले उमरको टोलीलाई विमानस्थल स्वागत गर्नुभयो । आइबा अध्यक्ष उमरले नेपाली बक्सिङ खेलाडी बलिया र उत्कृष्ट खेल प्रदर्शन गर्न सक्ने क्षमता भएको उल्लेख गर्दै खेल र खेलाडीलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उमरको टोली तीन दिनका लागि नेपाल भ्रमणमा आएको नेपाल बक्सिङ सङ्घले जनाएको छ ।