२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मालीमा भएको सशस्त्र आक्रमणमा चार सैनिकको मृत्यु, १४ घाइते



अ+ अ-

माली । दक्षिणपश्चिम मालीमा भएको आतङ्कवादी हमलामा चार सैनिकको मृत्यु हुनाको साथै एक दर्जनभन्दा बढी घाइते भएको सेनाले जनाएको छ।

सशस्त्र आतङ्ककारीहरूको समूहले आइतबार दिउँसो कौलिकोरो क्षेत्रमा स्थित सुरक्षा चौकीमा आक्रमण गरेको माली सशस्त्र बल (एफएएमए) ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रारम्भिक अनुसन्धानअनुसार चार सैनिक मारिएका छन् भने अन्य १४ जना घाइते भएका छन् । त्यसैगरी आक्रमणकारी तर्फ छ जना मारिएका छन्। घाइते सैनिकहरू मध्ये तीन जनालाई हेलिकप्टरद्वारा घटनास्थलबाट बाहिर निकालिएको छ। (रासस/एएनआई र स्पुतनिक)