२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हैजाविरुद्धको खोप आयो, आइतबारबाट खुवाइने



अ+ अ-

कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणका लागि अमेरिकाबाट मगाइएको ‘ओरल कलेरा भ्याक्सिन’ नेपाल आइपुगेको छ । दुई लाख ५२ हजार तीन सय ६३ डोज हैजाविरुद्धको खोप आएको हो । विश्व स्वास्थ्य संगठनले आइतबार साँझ स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गरेको छ । गत १८ असोजदेखि कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणमा नआएपछि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागिएको थियो ।

विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० र नेपाल सरकारको अनुरोधमा खोप नेपाल आएको हो । कपिलवस्तुमा पहिलो केस १८ असोजमा देखिएको थियो । त्यसयता नियन्त्रणमा लिन सरकारी चिकित्सकले हरसम्भव प्रयास गरेका छन् । तर, हैजा नियन्त्रणमा नआएपछि खोपको विकल्प खोजिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलका अनुसार हैजाबाट कृष्णनगर नगरपालिका वडा नम्बर ७, ८ र ९ प्रभावित भएको छ । उनीहरूमा अहिले पनि झाडापखाला र बान्ताको समस्या देखिएको छ । हालसम्म एक हजार तीन सय ६४ जना संक्रमित भएका छन् भने सातजनाको मृत्यु भएको छ । प्रवक्ता पौडेलले आगामी आइतबार प्रभावितलाई खोप खुवाइने बताए ।

पहिलोपटक हैजाविरुद्धको खोप दिन लागेकाले स्वास्थ्यकर्मीलाई तालिम आवश्यकता पर्ने भएकाले एक साता समय लागेको अधिकारीहरूले बताएका छन् । कपिलवस्तुका प्रभावित क्षेत्र कृष्णनगरमा ६० हजार सात सय ४३ जना, महाराजगन्जमा ५३ हजार एक सय ५६ जना, शिवराजमा ६४ हजार सात सय ७८ जना, विजयनगरमा ३५ हजार नौ सय तीनजना र यशोधरामा ३७ हजार सात सय ८३ जना गरी दुई लाख ५२ हजार तीन सय ६३ जनालाई हैजाविरुद्ध खोप खुवाइँदै छ । (नयाँपत्रिका दैनिकमा खबर छ)