२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोर्डन र संयुक्त राष्ट्रसंघबीच सिरियाबारे छलफल



अ+ अ-

अमान । जोर्डन र संयुक्त राष्ट्रसंघबीच सिरियाका बारेमा छलफल भएको छ । सिरियाको समस्या समाधानका विषयमा सो छलफल भएको बताइएको छ । जोर्डनका विदेशमन्त्री आयमन सफादीले सिरियाका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि गेरी फेडरसनसँग आइतबार भेटवार्ता गर्नुभएको थियो । 

त्यस भेटका क्रममा सिरियामा जारी हिंसा तथा संकटको अन्त्यका लागि आवश्यक सहयोग र सहकार्यका बारेमा कुराकानी भएको जोर्डनको विदेशमन्त्रालयले जानकारी दिएको छ । त्यस अवसरमा जोर्डनका विदेशमन्त्री सफादीले जोर्डनले सिरियामा शान्ति र स्थायित्वका लागि संयुक्त राष्ट्रसंघसँग मिलेर आवश्यक कार्य गर्ने बताउनुभएको थियो । 

सिरियामा वर्षौँदेखि जारी रहेको हिंसामा परी लाखौँ मानिसको ज्यान गएको छ भने यहाँका लाखौँ नागरिकहरु स्वदेश तथा विदेशमा विस्थापित हुन पुगेका छन् । यहाँ शान्तिपूर्ण रुपमा र प्रजातान्त्रिक समाधानका लागि सिरियाका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधिले आग्रह गर्दै आए पनि सो सम्भव हुन सकेको छैन । (रासस/सिन्हवा)