९ असार २०८३, मंगलवार
,
Latest
हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

परम्पराका नाममा हुने अन्यायलाई इतिहास बनाउनुपर्छ : राष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले परम्पराका नाममा समाजमा हुने अन्यायलाई इतिहास बनाउनुपर्ने बताउनुभएको छ । राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आज आयोजित सारा डेभिन्सन ट्रेसीद्वारा लिखित ‘नो लङ्गर अनटचेवल’ पुस्तकको समर्पण समारोहमा राष्ट्रपति भण्डारीले परम्पराका नाममा हुने अन्याय वा कुप्रथा उन्मूलन गर्न समुदाय नै सक्रिय हुनुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले वादी समुदायमा रहेका विभेद अन्त्य गर्न राज्यका सबै अङ्गको महत्वपूर्ण भूमिका रहेको बताउनुहुँदै ती विभेदविरुद्ध बनेको कानुनको पूर्ण परिपालन हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै यो समुदायको उत्थानमा जागरण, शिक्षा, आर्थिक क्षेत्रमा समान सहभागिताजस्ता क्षेत्रमा पहुँच प¥याई सहयोग गर्नुपर्नेमा उहाँको जोड थियो । 

सामाजिक विभेद अन्त्यका लागि सरकारले तर्जुमा गरेका नीति तथा कार्यक्रम स्थानीय तहमा पु¥याउने र समुदायस्तरका छलफलबाट प्राप्त सुझाव नीतिगत तहमा ल्याउन सबैको सार्थक प्रयास आवश्यक रहेको राष्ट्रपति भण्डारीको भनाइ छ । समाजमा कायमै रहेको असमानाताको अन्त्य गर्न आवश्यक नीति र कानुनको निर्माण गर्दै प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध निकायले ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

 देवीसरा हन्ना वादीलगायत पाँच वादी समुदायका महिलाका बारेमा लेखिएको पुस्तक गत जनवरी ३१ मा भर्चुअल माध्यमबाट सार्वजनिक गरिएको थियो । अमेजनमा फेब्रुअरी १ मा सो पुस्तक सबैभन्दा धेरै बिक्री हुनेमा समेत परेको पुस्तककी लेखिका ट्रेसीले बताउनुभयो । पुस्तकले वादी समुदायकी भएकै कारण हामीले समाजमा भोग्नुपरेको असमानता र पीडा पुस्तकले चित्रण गरेको पुस्तका मुख्यपात्र देवीसरा वादी बताउनुहुन्छ ।

‘ज्योतिको घर नेपाल’ नामक संस्थाले वादी समुदायको उत्थानमा महत्वपूर्ण योगदान गर्दै आएको छ । संस्थाले लामो समयदेखि वादी समुदायमा रहेको परम्परागत समस्या समाधानमा विशेष पहल गर्दै आएको यसका संस्थापक राजु सुन्दासले बताउनुभयो ।