२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतद्वारा अग्नि-५ क्षेप्यास्त्र सफलतापूर्वक प्रक्षेपण



अ+ अ-

नयाँ दिल्ली । भारतले सतहदेखि सतहसम्म प्रहार गर्ने ब्यालेस्टिक मिसाइल, अग्नि-५ को सफलतापूर्वक प्रक्षेपण गरेको छ जसले ५,००० किलोमिटर सम्मको लक्ष्यमा प्रहार गर्न सक्छ।

रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार बुधबार साँझ लगभग ७:३० बजे ओडिशाको एपीजे अब्दुल कलाम टापुबाट उक्त क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो।

तीन चरणको ठोस इन्धन प्रयोग गर्ने यो क्षेप्यास्त्रले उच्च स्तरको सटीकताका साथ ५,००० किलोमिटरसम्मको लक्ष्यमा प्रहार गर्न सक्षम रहेको रक्षा मन्त्रालयले जनाएको छ।

मन्त्रालयले अग्नि-५ को सफल परीक्षण भारतको 'विश्वसनीय न्यूनतम प्रतिरोध' को नीति अनुरूप छ जसले 'पहिले प्रयोग नगर्ने' प्रतिबद्धतालाई जोड दिन्छ।
(रासस-एएनआई)