२४ जेष्ठ २०८३, आईतवार
,
Latest
जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाडोमा यसरी गर्नुहोस् छालाको स्याहार



अ+ अ-

काठमाडौं । जाडोमा गर्मी महिनाभन्दा छालालाई अझ बढी स्याहार गर्नुपर्ने हुन्छ । जाडोमा चिसो स्याँठले छालाको सुख्खापन बढाउँछ । राम्ररी स्याहार नगरे छाला सुख्खा भइ फुट्ने अनि एलर्जी हुने समस्या देखिन्छ । जाडो मौसम बढ्नु भनेको छालाका लागि सुख्खा यामको सुरुवात हुनु हो ।

क्लीनजीङ
मुहारको सौन्दर्य जाडोमा पनि कायम गर्न क्लीनजीङ गर्नुपर्छ । क्लीनजीङले अनुहारको सबै फोहोर हटाउँछ र कोमल बनाइराख्न मद्धत गर्छ ।

मोस्चराइजरको प्रयोग
मनतातो पानीले अनुहार, हात खुट्टा धोइसकेपछि अनिवार्य रुपमा मोस्चराइजरको प्रयोग गर्नु जरुरी छ । यसको तैलीय तत्वले छाला फुट्नबाट रोक्छ । आफूसित हरदम मोस्चराइजर राख्नुपर्छ । अझ एकदम सुख्खा छाला हुनेले त बिर्सनै हुँदैन ।

सनब्लकको प्रयोग
जाडोमा प्राय घाम तापिन्छ त्यसले छाला डढाउनुका साथै पोतो पनि ल्याउँछ । जाडो महिनामा पनि सनब्लकको प्रयोग अनिवार्य गर्नुपर्छ । चिसो धेरै हुँदा टोपी अनि पञ्जाको प्रयोग पनि छुटाउनुहुँदैन । हात र खुट्टालाई राम्ररी छोप्नुपर्छ ।

उचित खानपान
जाडोमा त्यति पानी खाइँदैन । धेरैको रुचि चिया, कफिमा जान्छ । तर जाडो महिनामा चल्ने हावाले छाला रुखो बनाउने हुनाले पानी पिउन जरुरी छ । जिउ हाइड्रेट हुन जरुरी छ । मनतातो पानीको प्रयोग गर्न सकिन्छ । खानामा ओमेगा–३ फ्याटी एसिडको मात्रा बढाउनुपर्छ । जस्तै माछा, सागपातहरु प्रशस्त खानुपर्छ । यसले छालाको सौन्दर्यमा धेरै लाभ मिल्छ ।

(एजेन्सीको सहयोगमा)