२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार सुनको मूल्य प्रतितोला रु ६०० ले घट्यो, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौँ । नेपाली बजारमा दसैँपछि लगातार बढेको सुनको मूल्य आज प्रतितोला रु ६०० ले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएको छ ।

पहेँलो धातु मङ्गलबार प्रतितोला रु ९२ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ५०० रहने छ जसको मूल्य मङ्गलबार प्रतितोला रु ९२ हजार १०० तोकिएको थियो ।

त्यस्तै महासङ्घका अनुसार आज चाँदी अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २५० कायम भएको छ । चाँदी मङ्गलबार प्रतितोला रु एक हजार २६५ मा कारोबार भएको थियो । महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।