२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपाल वायु सेवा निगमलाई कमजोर बनाउने पक्षमा म छैन’- पर्यटनमन्त्री आले



file photo
अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले निजी क्षेत्रको कम्पनीसँग साँगगाँठ गरेर नेपाल वायु सेवा निगमलाई कमजोर बनाउने पक्षमा आफू नरहेको बताउनु भएको छ । मन्त्री आलेले विगतमा नेपाल वायु सेवा निगमको जहाजको ग्राउन्ड ल्यान्डिङ समेत आफ्नो व्यक्तिगत स्वार्थका लागि निजी कम्पनीलाई दिएको उल्लेख गर्दै आफूले त्यसो नगर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।

नेपाल पर्यटन बोर्डले मंगलबार आफ्नै स्वागतमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले नेपाल वायु सेवा निगमको थन्किएर बसेको दुई वटा जहाजलाई तत्काल संचालनमा ल्याएर नेपालमा पर्यटन भित्र्याउने काममा आफू लागिपर्ने कार्ययोजना पनि सार्वजनिक गर्नु भयो । मन्त्री आलेले आईकाओको कालो सूचिबाट नेपाललाई हटाउन पनि आफूले पहल गर्ने बताउनु भयो । त्यसका लागि आफूले निगमकै कर्मचारी संघ, संगठनहरुको माग अनुसार कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको गरेको उहाँले स्पष्ट पार्नु भयो ।

अव निगमको बैठक बस्ने र त्यसले निगमको थन्किएर बसेको विमान संचालन गर्ने, पर्यटन प्रवद्र्धन हुने गरी उडान भर्ने लगायतका काम गर्ने मन्त्री आलेको भनाई थियो । उहाँले भन्नु भयो, ‘आफ्नो नेपाल एयरलाईन्सको जहाजलाई घाममा सुकाएर प्राईभेट एयरलाईन्ससँग सेटिङ गरेर उसलाई रातारात करोडपति बनाउने अनि नेपाल एयरलाईन्सको ग्राउन्ड ल्यान्डिङ चाँही कुनै निजी कम्पनीलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि दिने काम प्रेम आलेले गर्दैन ।

म त्यसमा छैन । म त्यो पनि विश्वास दिलाउन चाहन्छु । र म आएको २४ घण्टा नबित्दै नेपाल एयरलाईन्सको १ सय ४ दिनदेखि लगाइएको तालाबन्दी खुलाए । त्यहाँका संघ, संगठन र युनियनका कर्मचारीहरुसँग वार्ता गरेर त्यो समस्या समाधान गरियो । उहाँहरुका माग के थियो भने हामीलाई अध्यक्ष चाहियो । अध्यक्ष छिटो दिनुस भन्नु भयो । हिजो क्याविनेटबाट हामीले अध्यक्ष नियुक्त गरेका छौं । युवराज अधिकारी अध्यक्ष हुनुहुन्छ । अव छिट्टै निगमको बैठक बसेर थन्किएर बसेका २ वटा जहाज पनि संचालनमा ल्याउनेछौं । नेपालमा पर्यटन भित्र्याउनका लागि आवश्यक कामहरु गरेर अघि बढनेछौं ।’

मन्त्री आलेले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू मन्त्री भएर आएको बताउनु भयो । कोभिडको कारण थला परेको पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न नसके पदमा बसिरहने पक्षमा आफू नरहेको पनि उहाँले बताउनु भयो ।