२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैँसीमा बेमौसमी प्रजनन सफल



फाईल फोटो
अ+ अ-

काठमाडौं । दूध र मासुका लागि पालिने भैँसीको बेमौसमी प्रजनन गराउन नेपालका विज्ञहरू सफल भएका छन् । कृषि तथा वन विश्वविद्यालयले लामो समयदेखि भैँसीको बेमौसमी प्रजनन गराउन गरेको अनुसन्धान सफल भएको मुख्य अनुसन्धानकर्ता प्राडा भूमिनन्दन देवकोटाले बताए ।

“हामी बेमौसमी भैँसी प्रजननमा सफल भएका छौँ”, चितवनमा जारी एसिया भैँसी सम्मेलन आयोजक समितिका अध्यक्षसमेत रहेका भैँसीसम्बन्धी विज्ञ प्राडा देवकोटाले भने, “विगत पाँच वर्षयता नेपालका विभिन्न ठाउँका दुई सय भैँसीमा गरिएको अनुसन्धानमा ९४ वटा भैँसीलाई बेमौसमी प्रजनन गराउन सफल भएका छौँ । यो कुल प्रजननको ४७ प्रतिशत हो ।”

नगद पशुधनका रूपमा लिइने भैँसीको मुख्य प्रजनन मौसम साउनदेखि मङ्सिरसम्म हो । यो बेला हरियो घाँस र पोषणयुक्त खानेकुराका साथै वर्षात्मा सजिलै पानीमा आहाल खेल्न पाउने भएकाले भैँसीको प्रजनन मौसम मानिन्छ । यसरी प्रजनन भएका भैँसी १० महिनामा ब्याउँछन् । फागुनदेखि वैशाखसम्मको सुक्खा समय भने भैँसी प्रजननका लागि बेमौसम मानिन्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।