२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपहिरो प्रभावित क्षेत्र : सतर्कता अपनाउन चिकित्सकको सुझाव



अ+ अ-

काठमाडौं । पछिल्लो समय आएको बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा विभिन्न किसिमका सरुवा रोग फैलिन सक्नेतर्फ सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् । बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा झाडापखाला, आउँ, हैजा, पानीजन्य खानपानमा ध्यान नदिँदा विभिन्न रोग फैलिन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो ।

यसै महिना परेको अतिवृष्टिसँगै नेपालका हरेक क्षेत्रमा बाढीपहिरो तथा डुबान भएर हालसम्म १११ जनाभन्दा बढीको मृत्यु भइसकेको छ । अर्बौं रुपियाँबराबरको खाद्यबाली नोक्सान भएको छ । कतिपय बस्ती नै बाढीपहिरोमा परी विस्थापित हुन पुगेका छन् ।
वरिष्ठ सरुवा रोग विशेषज्ञ डा। अनुप बाँस्तोलाले बाढीपहिरो तथा डुबान प्रभावित जिल्लामा झाडापखाला, ज्वरो, कमलपित्त, टाइफाइड, जन्डिसलगायतका समस्या देखिन सक्ने जानकारी दिनुभयो । बाढीपहिरो गएको क्षेत्रमा सङ्क्रामक रोगको जोखिम भएकाले सतर्कता अपनाउन उहाँले सुझाव दिनुभयो ।

बाढीपहिरो तथा डुबानबाट प्रभावित क्षेत्रमा झाडापखाला, ज्वरो, रुघाखोकी, जन्डिसलगायतका समस्या देखिने भन्दै उहाँले धनजनको क्षतिभन्दा स्वास्थ्य सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो । खानेपानीमा दिसा मिसिएमा तथा बाढीले पानी फोहोर हुँदा रोग फैलिन सक्ने भन्दै उहाँले पानी उमालेर खान तथा पीयूूष मिसाएर पिउन आग्रह गर्नुभयो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्णप्रसाद पौडेलले बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रको स्वास्थ्य समस्या र समाधानका लागि छलफल भइरहेको बताउनुभयो । प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयमा बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रका स्थानीयको स्वास्थ्य अवस्था तथा स्वास्थ्य सामग्रीको अवस्थाबारे जानकारी लिइसकेको बताउँदै उहाँले बाढी तथा पहिरो आएको स्थानमा उद्धार गरिएका व्यक्तिहरू रहने ठाउँमा आवश्यक दूरी कायम गराउन, शौचालय तथा सफा पानी व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
 
बाढीपहिरो क्षेत्रमा पानीजन्य रोग झाडापखाला, आउँ, हैजा, कमलपित्त, टाइफाइडलगायतका रोग फैलिन सक्ने जोखिम रहेकाले त्यहाँ रहेका स्थानीयले स्वास्थ्यमा ध्यान दिनुपर्नेमा जोड उहाँले दिनुभयो । बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा दूषित पानी तथा खानाका कारण हुने रोगबाट बच्न सफा पानी प्रयोग, शौचालय प्रयोग गर्नुपर्ने उहाँको भनाइ रहेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।