२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुबिसुले सञ्चालनमा ल्यायो नेपालकै सबैभन्दा ठूलो मोडुलर डेटा सेन्टर



अ+ अ-

काठमाडौं। इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले नेपालकै अहिलेसम्मको सबैभन्दा ठूलो मोडुलर डेटा सेन्टर सञ्चालनमा ल्याएको छ । महामारीबीच कम्पनीले करिब दुई वर्ष लगाएर बालुवाटरमा तयार पारेको डेटा सेन्टर औपचारिक रुपमा प्रयोगमा आएको हो ।

डेटा सेन्टरका लागि आवश्यक र्याक, स्वीच लगायतका सबै सामग्री भर्टिभबाट ल्याइएको कम्पनीका प्रमुख प्राविधिक अधिकृत (सीटीओ) रामकृष्ण परियारले जानकारी दिए । करिब अढाई वर्ष अघि आगलागी भएको सुबिसुको कार्यालय नजिकै नयाँ डेटा सेन्टर तयार पारिएको छ ।

आधिकारिक रुपमा डेटा सेन्टरको स्तर मापन नगरिएको भए पनि टियर २।५ रहेको परियारको भनाई छ । ‘कम्पनीका ग्राहकको सेवालाई स्तरिय बनाउने मुख्य उद्देश्यका साथ यो डेटा सेन्टर तयार पारिएको हो,’ उनले भने, ‘यसमा लोकल ब्यान्डविथका लागि कण्टेन्ट डेलिभरी नेटवर्क ९सीडीएन० सर्भरहरू पनि राखेका छौँ ।’
डेटा सेन्टरमा वैकल्पिक पावर सप्लाइको व्यवस्था समेत गरिएको छ । समान आठ आठ र्याक रहेका दुई लाइनमा क्रमशः पहिलोमा ४० किलो वाट र दोस्रो लाइनमा ७० किलो वाट क्षमताको दोहोरो पावर सिस्टमको व्यवस्था मिलाइएको छ ।

हाल डेटा सेन्टरमा १६ टेराबाइट प्रति सेकेन्ड डाउनलोड तथा अपलोड क्षमता भएको सर्भर राखिएको कम्पनीले जनाएको छ । जसमा ‘वान प्लस वान’ प्रोटेक्सन राखिएको छ । तत्कालका लागि सुबिसुकै सेवा स्तरीय बनाउन सञ्चालनमा ल्याइएको यो डेटा सेन्टर भविष्यमा मागअनुसार अन्य कम्पनी तथा संस्थालाई समेत प्रयोग गर्न दिने योजना रहेको परियारले बताए ।

डेटा सेन्टरका लागि छुट्टै नयाँ बिल्डिङ तयार पारिएको छ । जसले आठ रेक्टर स्केलसम्मको भूकम्प प्रतिरोध गर्नसक्ने बताइएको छ ।

अन्तर्राष्ट्रिय स्तरको गुणस्तरमा आधारित यो डेटा सेन्टरमा ‘रिमोट एक्सेस’ बाट सञ्चालन गर्न सकिने सुविधा समेत रहेको छ । भर्टिभका लागि नेपालको आधिकारिक साझेदार समेत रहेको सुबिसुले अन्य कम्पनी तथा सङ्घसंस्थाका लागि समेत मोडुलर डेटा सेन्टर निर्माणको काम गर्दै आएको छ । ‘नेपालमा अहिलेसम्म नेपाल प्रहरी, राष्ट्रिय वाणिज्य बैंक, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अर्थ मन्त्रालयमा भर्टिभको मोडुलर डेटा सञ्चालनमा छ,’ सीटीओ परियारले भने, ‘तर सुबिसुले अहिले सञ्चालनमा ल्याएको डेटा सेन्टर भने नेपालमा भर्टिभको अहिलेसम्मकै ठूलो मोडुलर डेटा सेन्टर हो ।’




भर्खरै