२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० सिरिज : नेपालद्वारा पपुवा न्यूगिनी पराजित



अ+ अ-

काठमाडाैं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले पपुवा न्यूगिनीलाई १५ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो । नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पपुवा न्यूगिनी १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १६८ रनमा समेटियो ।

पपुवा न्यूगिनीका लागि नोरमान भानुले सर्वाधिक ५२ रनको योगदान दिए । उनले २९ बल खेल्दै ४ छक्का र ५ चौका प्रहार गरे । यस्तै सेसे बाउले ३०, चाल्र्स अमिनीले २२, लेगा सिएकाले २१, चाड सोपरले १३, कप्तान असद भालाले ७, टोनी उराले ५, तथा रिले हेकुरे ३ रन बनाए ।

बलिङतर्फ नेपालका लागि करण केसी र सन्दीप लामिछानेले तीन तीन, अविनाश बोहराले दुई र सोमपाल कामीले एक विकेट हात लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८३ रन बनायो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४३ रन बनाए । यस्तै रोहित पौडेलले ३४, आरिफ शेखले ३१, कुशल भूर्तेलले २०, करण केसीले १९, कुशल मल्लले ११, लोकेस बमले ५, दीपेन्द्रसिंह ऐरीले ४ तथा सोमपाल कामी र सन्दिप लामिछानेले एक एक रन बनाए ।

बलिङतर्फ पवुवा न्यूगिनीका चाल्र्स अमिनी, अलेइ नाओ र चाड सोपरले दुई दुई तथा नोरमान भानु र रिले हेकुरेले एक एक विकेट लिए ।

जीतसँगै नेपालले २ अङ्क जोडेको छ । नेपाल, पपुवा न्युगिनी र मलेसिया सम्मिलित सिरिजमा अब नेपालले दोस्रो खेल बुधबार मलेसियासँग खेल्नेछ । मङ्गलबार पपुवा न्यूगिनी र मलेसियाबीच खेल हुनेछ ।