२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बी’ डिभिजन लिगः चर्च ब्वाइजले आरसिटीलाई हरायो



photo : church boys united
अ+ अ-

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा चर्च ब्वाइज क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित (अखिल नेपाल फुटबल सङ्घ) एन्फा कम्प्लेक्समा आज भएको खेलमा चर्च ब्वाइजले रानीपोखरी कर्नर टिम (आरसिटी)लाई २–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । चर्च ब्वाइजको जीतमा कुवेर न्यौपाने र आशिष चापागाईँले गोल गरे ।

खेलको ५२औँ मिनेटमा कुवेरले गोल गर्दै चर्च ब्वाइजलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ७५औँ मिनेटमा आशिषले गोल गर्दै चर्च ब्वाइजलाई २–० को जित दिलाए । यस जीतसँगै चर्च ब्वाइजले १० खेलमा २० अङ्क जोड्दै अङ्क तालिकाको शीर्षस्थानमा रहेको छ ।

समान खेल खेलेको आरसिटीको १५ अङ्क छ । आरसिटी अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ ।




भर्खरै